Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गाई खोज्न जंगल गएका शेर्पा मृत फेला

गाई खोज्न जंगल गएका शेर्पा मृत फेला

  • 227
    SHARES
  • गाई खोज्न जंगल गएका शेर्पा मृत फेला

    काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् ।

    आइतबार चरनमा निस्किएका गाई खोज्न जंगल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

    उनका अनुसार कानुनी प्रक्रिया पूरा गरि शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij