वेबटिभी खबर
नयाँ दिल्ली । भर्खरै चलचित्र ‘राधेः मोस्ट योर वान्टेड भाइ’ मा देखा परेकी अभिनेत्री दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाइरहेकी छिन् ।
उत्तर प्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाईमा अब्बल थिइन् । उनको वैज्ञानिक बन्ने सपना थियो । तर २०११ मा लखनउस्थित एमिटी युनिभरसिटीमा बायोटिक अध्ययनकै क्रममै उनले मोडलिङ करियरको सुरुवात गरिन् ।
लखनउमा कलेज समयमै भएको फेयरवेल प्रोग्राममा दिशालाई मिस कलेज चुनिएको थियो । त्यसपछि उनले मिस लखनउमा भाग लिएकी थिइन् ।
अभिनेत्री नभएर वैज्ञानिक बन्ने सपना देखेकी दिशाको मोलडिङ करियर अगाडि बढ्दै गएपछि विभिन्न विज्ञापनमा काम गर्ने मौका पनि मिल्दै गयो । १७ वर्षको उमेरमा उनले पहिलो फोटोशुट गरेकी थिइन् ।
उनी चर्चित अभिनेता टाइगर श्रफसँग प्रेमसम्बन्धमा रहेकी छिन् । टाइगर र दिशाको पहिलो भेट एउटा संगीत सुटिङको क्रममा भएको थियो । उनीहरु आफ्नो सम्बन्धबारे सुरुवातीबाटै नै खुलेर कुरा सेयर गर्ने गर्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij