Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एकै पटक नबिल बैंकका ३८ नयाँ शाखाको उद्घाटन 

एकै पटक नबिल बैंकका ३८ नयाँ शाखाको उद्घाटन 

  • 222
    SHARES
  • एकै पटक नबिल बैंकका ३८ नयाँ शाखाको उद्घाटन 

    काठमाडौं । नबिल बैंक लिमिटेड स्थापना भएको ३८ पुरा गरेको अवसर पारेर बिहीबार एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

    images

    बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्‍घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

    ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा उद्‍घाटन गरिएको हो ।

    नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरेका थिए । त्यस्तै बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन् ।  

    डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ। 

    Inauguration of 38th branch virtually_June 1.png

    कोशी प्रदेशको नयाँ शाखा खोडाङ जिल्लाको दिक्तेलमा, मधेश प्रदेशको पर्सा जिल्लाको वीरगन्ज बाइपास, रौतहट जिल्लाको गरुडा, बारा जिल्लाको कलैया, महोत्तरी जिल्लाको जलेश्वर र गौशलामा, सर्लाही जिल्लाको बरथहवा र लालबन्दीमा र सप्तरी जिल्लाको कञ्चनपुरमा शाखा सञ्चालनमा आएको हो ।

    त्यसैगरी बागमती प्रदेशको ललितपुर जिल्लाको प्रयाग पोखरी र चापागाउँमा, काठमाडौं जिल्लाको भेडासिंह, लाजिम्पाट, वनस्थली, मच्छेगाउँ, फर्पिङ, बल्खु, नैकाप, बौद्ध रामहिटी, भक्तपुर जिल्लाको ठिमी र धादिङ जिल्लाको धादिङबेसीमा शाखा खुलेको हो । 

    गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा पर्ने गल्कोट, तनहुँको आबु खैरेनी, कास्की जिललाको अर्चलबोटमा शाखा खुलेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको फर्साटिकर, सुखानगर र रुपन्देही, कपिलवस्तु जिल्लाको तौलिहवा र बाणगंगा, बर्दियाको गुलरिया, गुल्मीको तम्घास, नवलपरासी पश्चिमको रामग्राम, बाँकेको भानुभक्तचोक, दाङको नारायणपुरमा शाखा सञ्चालनमा आएको हो । 

    कर्णाली प्रदेशको जुम्ला जिल्लमा पर्ने चन्दनाथ, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित बोराडाँडी र डडेलधुरा जिल्लाको अमरगढीका नयाँ शाखाको उद्घाटन गरिएको हो । 

    विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर  विस्तार  गरेको बैंकले जनाएको छ ।

    नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology