वेबटिभी खबर
काठमाडौं । विश्व वातावरण दिवस-२०८० को अवसरमा आज प्रभावफेरीको आयोजना गरिएको छ ।
‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन संघ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिंक र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका संघ÷संस्थाले आयोजना गरेको प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।
सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।
दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामूलकलगायतका कार्यक्रम गर्ने भएका छन् । सोही अवसरमा चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिंकका अध्यक्ष लक्ष्मण शिवाकोटीले स्वच्छ वातावरणका लागि फोहर गरेर सफा गर्नेभन्दा पनि फोहर नै नगर्नु वा फोहरको सही व्यवस्थापन गर्नु उत्तम उपाय हुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij