वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण लगातार कम हुँदे गइरहेको छ । सोमबार त्यहाँ ५९ हजार नौ सय ५८ जनामा कोरोना संक्रमण भएको छ । यो संख्या ७६ दिन यताकै सबैभन्दा कम हो ।
संक्रमण घटे पनि मृत्युदर भने त्यति धेरै घट्न सकेको छैन । विगत २४ घण्टामा २७ सय ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । सो अवधिमा संक्रमणबाट निको हुनेको संख्या एक लाख १७ हजार २३२ छ । अहिले सक्रिय संक्रमित ९ लाख ८० हजार रहेको छ ।
भारतमा हालसम्म २ कराेड ९५ लाख मानिस संक्रमित भएका छन् । यसमध्ये ३ लाख ७७ हजारकाे ज्यान गएकाे छ भने २ कराेड ८२ लाख मानिस संक्रमणबाट निकाे भइसकेका छन् ।
दाेस्राे लहरकाे कहर सुरू हुनुभन्दा अघि नै जनवरीबाट खाेप अभियान चलाएकाे भारतले अहिले रूसकाे स्पुतनिक भि, अक्सफाेर्डकाे काेभिसिल्ड र भारतमै बनाएकाे काेभ्याक्सिन गरी तीन वटा खाेप प्रयाेग गरिरहेकाे छ । यस खाेप अभियानअन्तर्गत २५ कराेडभन्दा बढी नागरिकले खाेप लिइसकेका छन् ।
संक्रमणदर सुस्त भएसँगै कोरोना भाइरसको घातक लहरको त्रास पनि विस्तारै कम हुँदै गएको छ । दिल्ली, मुम्बई, बिहारलगायतका विभिन्न स्थानमा प्रतिबन्धहरू खुकुलो बनाइएको छ ।
दोस्रो लहरबाट बढी प्रभावित महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, सहित कम प्रभावित अन्य राज्यहरू पन्जाब, जम्मू काश्मीर, लद्दाख, उत्तराखण्ड, अरुणाचल प्रदेश, सिक्किम, मेघालय, नागाल्यान्ड, असम, मणिपुर, त्रिपुरा, आंध्र प्रदेश र गुजरातमा आशिंक लकडाउन छ ।
देशका १२ राज्यहरू हिमाचल प्रदेश, झारखण्ड, छत्तीसगढ़, ओडिशा, कर्नाटक, केरला, तमिलनाडु, मिजोरम, गोवा, तेलंगाना, पश्चिम बंगाल र पुडुचेरीमा पूर्ण लकडाउन जारी छ ।
कोरोनाकाे दोस्रो लहरबाट मुक्त हुँदै भारत
भारतमा काेराेना संक्रमणकाे दर निरन्तर घट्दै
भारतमा ७० दिनयताकै सबैभन्दा थोरै संक्रमित
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij