Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

  • 221
    SHARES
  • गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

    चितवन । जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो ।

    कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो । बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए । 

    विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए । उनले भने, ‘यो समस्या अझै पैmलनसक्ने देखिन्छ ।’ गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए । 

    अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए। यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ ।

    कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन् । तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij