Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कालीकोटको गविराममा जिप दुर्घटना, तीनको मृत्यु

कालीकोटको गविराममा जिप दुर्घटना, तीनको मृत्यु

  • 280
    SHARES
  • कालीकोटको गविराममा जिप दुर्घटना, तीनको मृत्यु

    कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

    दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको रिजालले बताए ।

    ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्’, प्रहरी प्रमुख रिमालले भने, ‘जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij