वेबटिभी खबर
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुंगा र लेदो खसेको छ । सडकका विभिन्न ठाउँमा ढुंगा र लेदो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुंगा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ ।
कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुंगा र लेदो खसेको उनले जानकारी दिए । सडकमा खसेका ढुंगा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
निरन्तरको वर्षाका कारण ढुंगा पन्छाउन कठिन भएको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij