Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दक्षिण एसियाली योग च्याम्पियनशीपको उपाधि भारतलाई

दक्षिण एसियाली योग च्याम्पियनशीपको उपाधि भारतलाई

  • 278
    SHARES
  • दक्षिण एसियाली योग च्याम्पियनशीपको उपाधि भारतलाई

    काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशीपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

    काठमाडौंको तिलगंगास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गर्यो ।

    त्यस्तै १  स्वर्ण, ३ रजत जित्दै बंगलादेशले तेस्रो स्थान हासिल गरेको छ ।

    यसैगरी दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रथम स्थान हासिल गरेको छ । १ स्वर्ण, २ रतज र २ कास्य जित्दै साउदी अरब दोस्रो तथा ४ कास्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थान हासिल गर्यो ।

    यही जेठ २५ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, साउदी अरबलगायत राष्ट्रको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij