Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तानको संसदमा सांसदहरुबीच कुटाकुट 

पाकिस्तानको संसदमा सांसदहरुबीच कुटाकुट 

  • 677
    SHARES
  • पाकिस्तानको संसदमा सांसदहरुबीच कुटाकुट 

    इस्लामाबाद । पाकिस्तानमा मंगलबार संसद बैठक भइरहेका वेला सत्ता पक्ष र विपक्षी सांसदबीच हात हालाहालको स्थिति बनेको छ । विपक्षी दलका नेता शाहबाज सरिफले मंगलबार राष्ट्रियसभामा बजेटमाथि भएको बहसको क्रममा दोस्रो दिन बोल्न लागेका समयमा सत्तारुढ दल र विपक्षी दलका सांसद एकआपसमा भिडेका हुन् । 

    पाकिस्तानी संसदमा भएको झगडाको भिडियो सामाजिक सञ्जालमा अत्यधिक सेयर गरिएको छ । भिडियोमा प्रधानमन्त्री इमरान खानको सत्ताधारी पार्टी तहरीक ए इन्साफका सांसद अल्वी अवानले विपक्षी सदस्यलाई अश्लिल शब्द बोल्दै दुर्व्यवहार गरेको र सांसदहरूले एक अर्कालाई बजेट बुकले प्रहार गरेको देखिन्छ ।

    संसदमा दंगा बढेपछि राष्ट्रिय सभाका सचिवले थप सुरक्षा बल बोलाउन अनुरोध गरे पनि सुरक्षा बलले स्थिति नियन्त्रणमा लिन सकेनन् । दुवै पक्षले संसद भवनमा एक अर्कालाई निशाना बनाए ।

    संसदको बैठकपछि शाहबाज सरिफले घटनाबारे ट्विट गर्दै आज टिभीमा सम्पूर्ण देशले सत्तारुढ दलले गुुन्डागर्दी गरेको देखे भनेर लेखेका छन् । उनले इमरान खानलको पार्टी फासीवादी भएको र विपक्षीसँग गुन्डागर्दी गरिरहेको पनि बताए ।

    पाकिस्तान मुस्लिम लिग नजाज (पीएमएलएन) का सांसद मरियम औरंगजेबले संसदमा भएको सम्पूर्ण घटनाका लागि प्रधानमन्त्री इमरान खानलाई दोषी करार गरेका छन् । यद्यपि सत्तारुढ दलले विपक्षी सांसदलाई संसदमा भएको अशान्तिका लागि दोषारोपण गरेका छन् । पिटिआई सांसद अवानले विपक्षी सांसदले सीमा तोडेकाले आफू प्रतिकारमा उत्रिएको बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij