वेबटिभी खबर
चितवन । सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ ।
आज दिउँसो १:५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरूद्ध भएको हो ।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij