Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

समाजवादी मोर्चाले असर गर्दैन : मन्त्री लिम्बु

समाजवादी मोर्चाले असर गर्दैन : मन्त्री लिम्बु

  • 223
    SHARES
  • समाजवादी मोर्चाले असर गर्दैन : मन्त्री लिम्बु

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पारे ।

    मन्त्री लिम्बुले नेकांका एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको चर्चा गर्दै त्यसका लागि टोल एवं वडास्तरमा संगठन विस्तार गरी जनताको घरघरमा जानुपर्नेमा जोड दिए ।

    उनले भारतीय चलचित्रमा सीतालाई भारतीय छोरी हुन् भनेर गरिएको गलत जानकारीलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा राख्नुपर्ने तर्क गर्नुभयो ।

    मन्त्री लिम्बुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा जनकपुर आएर सीताको जन्मभूमि नेपालको जनकपुर हो भनेर पटकपटक मन्तव्य व्यक्त गरेको चर्चा गर्दै नेपाल र भारतको सम्बन्ध रामायणको पालादेखि भएकाले त्यसमा विवाद गर्नु आवश्यक नभएको विचार व्यक्त गरे ।

    उनले हाम्रा क्रिकेट खेलाडीले पूर्वाधार र सुविधा विहीन अवस्थासमेतमा धेरै राम्रो खेल प्रदर्शन गरिरहेकोमा खुशी व्यक्त गरे ।

    मन्त्री लिम्बुले आगामी दिनमा मोफसलमा खेलकूदको पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय खेलको लागि खेलाडी छनौटको व्यवस्था मिलाउने बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij