Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्राकृतिक विपत्तिका बेला सिन्धुपाल्चोकबासीको सक्रियता

प्राकृतिक विपत्तिका बेला सिन्धुपाल्चोकबासीको सक्रियता

  • 1.1K
    SHARES
  • प्राकृतिक विपत्तिका बेला सिन्धुपाल्चोकबासीको सक्रियता

    काठमाडौं । मनसुन सुरु हुनासाथ मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएपछि मेलम्ची बजार क्षेत्रका दर्जनौं घर डुबानमा परे । 

    बाढीपहिरोले मेलम्चीमा असर गर्ने वित्तिकै संघीय राजधानी काठमाडौंमा रहेका सिन्धुपाल्चोकबासीको सक्रियता गजबको देखियो । सिन्धुपाल्चोकबासीले क्षण-क्षणमा बाढीपहिरोले कुन ठाउँमा असर गर्दैछ भन्ने जानकारी सामाजिक सञ्जालबाट गराउनदेखि लिएर उद्धारका लागि सरकारकालाई घचघच्याउन गजब भूमिका खेले । 

    सरकारको महत्वपूर्ण ओहोदामा बसेकादेखि लिएर, राजनीतिकर्मी र संचारकर्मीलगायतले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्री, नेपाल सरकार, हेलो सरकार, नेपाल प्रहरीलगायतलाई मेन्सन गर्दै उनीहरूले सामाजिक सञ्जालमार्फत गरेको पहलले सकारात्मक प्रभाव देखियो ।

    बिहानै उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर परिचालन भए । प्राकृतिक विपत रोक्न नसकिए पनि त्यसबाट बच्नका लागि यस्तो जागरुकताले भने उद्धारमा निकै सहज बनाउने देखिएको छ । 

    सामाजिक सञ्जालमार्फत मंगलबार रातिदेखिनै मेलम्चीको यथार्थ अवस्था र उद्धारका लागि सरकारको ध्यानकर्षण गराउन सक्रिय सिन्धुपाल्चोक घर भएका नेपाल प्रेस युनियनका काठमाडौं जिल्ला अध्यक्ष जगन्नाथ दुलाल बुधबार बिहानै गृहजिल्ला पुगे । उनले सबैको प्रयासले समयमै उद्धार गर्ने वातावरण बनेको बताए । 

    लेखक तथा पत्रकार सुदर्शन आचार्य, प्रेस युनियनका काठमाडौं जिल्ला अध्यक्ष जगन्नाथ दुलाल, नेकपा एमालेका पार्टी केन्द्रीय कार्यालयका सचिव एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ, सभामुख अग्नि सापकोटा, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले सिन्धुपाल्चोकमा विपत्ति आएका बेला उद्धार र अन्य सहयोगको वातावरण बनाउन सामाजिक सञ्जालमार्फत पनि सक्रिय भूमिका खेले । 

    sudarshan Acharya.JPG

    जिम्मेवार पदमा बसेका सरकारका स्वास्थ्यमन्त्री तामाङले मंगलबार राति नै सिन्धुपाल्चोकका बाढी पहिरोपीडितको राहत र उद्धारमा खट्न राज्य संयन्त्रलाई निर्देशन दिएका थिए ।

    यस्तै सभामुख सापकोटा बुधबार सिन्धुपाल्चोक पुगेर त्यहाँका बाढी पहिरोपीडितको अवस्था र बाढीले मच्चाएको बितन्डाको स्थलगत निरीक्षण गरेका छन् । उनले सिन्धुपाल्चोकमा प्राकृतिक विपत पर्दा यसअघि पनि सरकारलाई उद्धार तथा राहतमा जुट्न ध्यानाकर्षण गराउँदै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij