Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोटमा कालाजारका बिरामी भेटिए

  • 260
    SHARES
  • कालीकोटमा कालाजारका बिरामी भेटिए

    कालीकोट । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् ।

    यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए ।

    जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा.संकेत विश्वकर्माले बताए ।

    उनले भने, ‘पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ । तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij