Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

१६ वर्षपछि कप्तान सर्जियो रामोसले छोडे रियल मड्रिड

१६ वर्षपछि कप्तान सर्जियो रामोसले छोडे रियल मड्रिड

  • 905
    SHARES
  • १६ वर्षपछि कप्तान सर्जियो रामोसले छोडे रियल मड्रिड

    काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले १६ वर्षपछि क्लबबाट बाहिरिएका छन् । रियलले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको उपस्थितिमा बिहीबार रामोसलाई बिदाई गरिने बताएको छ । 

    कोरोना भाइरसको संक्रमण र चोटपटकका कारण ३५ वर्षीय रामोसले यस वर्ष पाँच पटकमात्र खेल खेलका छन् । सन् २००५ मा सेभिल्लाबाट २७ सय मिलियन शुल्कमा रियल छिरेर डिफेन्डर रामोसले रेकर्ड कायम गरेका थिए ।

    अहिलेसम्म ६७१ खेल खेलेका रामोसले १०१ गोल गरेका छन् । सन् २०१५ मा उनी रियल मड्रिडको कप्तान भएका थिए । उनी यस क्लबका सफल खेलाडीमध्ये एक हुन् । उनले पाँच ला लिगा उपाधि, चार च्याम्पियन्स लिग र दुई कोपा डेल रे जितेका छन् ।

    स्पेनकाे राष्ट्रिय टिमबाट १८० खेल खेलेका उनले २३ गाेलसहित सर्वाधिक गाेल गर्ने स्पेनिस खेलाडीकाे सूचीमा आठौं नम्बरमा छन् । रामाेसले चार पटकसम्म स्पेनबाट विश्व कप फुटबल र तीन वटा युराेपियन च्याम्पियन्स खेलेका छन् । सन् २०१० मा विश्वकप, सन् २००८ र २०१८ मा युराेपियन च्याम्पियन्स जित्दा स्पेनिस टिमका मुख्य सदस्य थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij