Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नारायणगढ-मुग्लिन सडक  दुईतर्फी  सञ्चालन

नारायणगढ-मुग्लिन सडक  दुईतर्फी  सञ्चालन

  • 236
    SHARES
  • नारायणगढ-मुग्लिन सडक  दुईतर्फी  सञ्चालन

    काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरूद्ध बनेको थियो ।

    पहिरो पन्छाई सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

    पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो ।

    सोही स्थानमा गत विहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरूद्ध हुदैँ आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij