Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रोनाल्डोपछि पोग्बाले पनि हटाए बियरको बोतल

रोनाल्डोपछि पोग्बाले पनि हटाए बियरको बोतल

  • 812
    SHARES
  • रोनाल्डोपछि पोग्बाले पनि हटाए बियरको बोतल

    काठमाडाैं । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोलाको दुई वटा बोतलहरू हटाएर मानिसलाई पानी पिउन प्रोत्साहित गरेर हेडलाइन्स बनेको भोलिपल्ट फ्रान्सका फुटबल खेलाडी पउल पोग्बाले पनि हेन्केन बियरको बोतल हटाएर भाइरल भएका छन् ।

    इस्लाम धर्म अवलम्बन गर्ने २८ वर्षीय मिडफिल्डर पोग्बाले खेलपछि भएको पत्रकार सम्मेलनका क्रममा थोरै मात्रामा अल्कोहल भएको बियरको बोतल हटाएर टेबुलमुनि राखेका थिए । युरो २०२० मा जर्मनीलाई फ्रान्सले १-० ले हराएपछि पोग्बा हेन्केन स्टार अफ द म्याच घोषित भएका थिए ।

    यी दुई घटनामा उच्च प्रोफाइलका प्रायोजकहरु भए पनि खेलाडीले गरेको यस व्यवहारलाई युरोपेली फुटबल संघले मुद्दाका रुपमा लिँदैन । पोग्बाले पनि यसबारे केही प्रतिक्रिया दिएका छैनन् । 

    रोनाल्डोले सोमबार युरो कपअन्तर्गत हंगेरीविरुद्धको खेलअघि पत्रकार सम्मेलनका क्रममा मञ्चमा राखिएका दुईवटा कोकाकोला हटाएर पानीको बोतल राखिदिएका थिए ।

    रोनाल्डोका कारण विश्व बजार ढोकेको अमेरिकी उत्पादन कोकाकोलाले ४ बिलियन डलरको सेयर मूल्य गुमाएको छ । कोकाकोलाले विज्ञप्ति निकालेर हरेक व्यक्तिले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ छनोट गर्न सक्ने बताएको थियो । 

    भिडियाेः द गार्जियन

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij