Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपाल पक्षद्वारा उपचाररत खनालको स्वास्थ्यलाभको कामना

नेपाल पक्षद्वारा उपचाररत खनालको स्वास्थ्यलाभको कामना

  • 693
    SHARES
  • नेपाल पक्षद्वारा उपचाररत खनालको स्वास्थ्यलाभको कामना

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ ।

    बिहीबार भर्चुअल माध्यमबाट बसेको स्थायी समितिको बैठकमा नेताहरूले भारतको नयाँ दिल्लीमा उपचाररत खनालको स्वास्थ्य अवस्थाको बारेमा छलफल भएको स्थायी समितिका एक सदस्यले बताए । 

    बैठकपछि स्थायी समिति सदस्यहरूले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेको सार्वजनिक गरेका हुन् । बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको पनि स्वास्थ्यलाभको कामना गरेको छ । पन्तको स्वास्थ्यमा  काठमाडौंमै उपचारत छन् ।

    बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । साथै पीडितहरूको उद्धार र पुनर्स्थापनामा ध्यान दिन सरकारलाई आग्रह गर्दै पीडितको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij