Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद, तीन पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद, तीन पक्राउ

  • 235
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद, तीन पक्राउ

    काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी सुन बरामद गरेको छ ।

    विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

    विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए ।

    उनले सुन हंकङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij