Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

डुबेर दुई बालिकाको मृत्यु

डुबेर दुई बालिकाको मृत्यु

  • 223
    SHARES
  • डुबेर दुई बालिकाको मृत्यु

    काठमाडौं । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका-३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

    उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चामुण्डा-३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

    शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी-३ का वडाअध्यक्ष दीपबहादुर शाहीले बताए ।

    दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij