Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डीएसपी ठगबहादुर केसी सेवाबाट बर्खास्त

डीएसपी ठगबहादुर केसी सेवाबाट बर्खास्त

  • 190
    SHARES
  • डीएसपी ठगबहादुर केसी सेवाबाट बर्खास्त

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

    उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीलाई सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको आराेपमा निलम्बन गरिएकाे थियाे ।

    प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij