Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगानिस्तानमा विषाक्त खानाका कारण करिब २०० जना बिरामी

अफगानिस्तानमा विषाक्त खानाका कारण करिब २०० जना बिरामी

  • 269
    SHARES
  • अफगानिस्तानमा विषाक्त खानाका कारण करिब २०० जना बिरामी

    एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् ।

    प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए ।

    सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।

    यसैबीच गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij