Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

  • 167
    SHARES
  • नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका-६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

    दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन ।

    नारायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन । यो सडकखण्ड राजधानी काठमाडौं र पोखरा शहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij