Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

१४ औं महाधिवेशनः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेतासँग छलफल गर्दै देउवा

१४ औं महाधिवेशनः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेतासँग छलफल गर्दै देउवा

  • 773
    SHARES
  • १४ औं महाधिवेशनः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेतासँग छलफल गर्दै देउवा

    काठमाडौं । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उमेद्वार बन्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार विभिन्न तीन प्रदेशका नेतासँग छलफल गर्ने भएका छन् ।

    पार्टी सभापतिमा आफ्नो उम्मेदवारीबारे देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी र सदस्यहरूसँग निवास बुढानिलकण्ठमा आन्तरिक छलफल गर्ने भएका हुन् । 

    छलफलका लागि तीनै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरूसँग देउवाले आन्तरिक छलफल गरेका थिए ।

    कांग्रेसको १४ औं महाधिवेशन यही भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ । महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्ने देउवाको चाहना छ । 

    देउवाले आफ्नो पक्षका अधिकांश नेताको समर्थन पाए पनि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेपछि आन्तरिक संकटमा परेका देउवाले आफ्नो पक्षका प्रदेशका नेताहरूसँग छलफल गरेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij