Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आतंकवादी आक्रमणमा १७ सैनिक मारिए

आतंकवादी आक्रमणमा १७ सैनिक मारिए

  • 226
    SHARES
  • आतंकवादी आक्रमणमा १७ सैनिक मारिए

    एजेन्सी । नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

    मंगलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ शहरमा आतंकवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा  २० जना घाइते भएका जनाएको छ ।

    घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ । एक सय भन्दा बढी आक्रमणकारीलाई  निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ ।

    जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि  आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको  जिहादी आक्रमणले त्यसको तीन वर्षपछि  छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ ।

    तीन देशहबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् ।

    उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन्भने लाखौँ पलायन भएका छन् ।

    निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन् । गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ ।

    उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् । उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन् ।

    नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # आक्रमण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij