Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विमानमा बम भएको गलत सूचनाले सास्ती 

विमानमा बम भएको गलत सूचनाले सास्ती 

  • 231
    SHARES
  • विमानमा बम भएको गलत सूचनाले सास्ती 

    नयाँ दिल्ली । दिल्लीबाट पूणेका लागि उड्न ठिक्क परेको भिस्टारा विमानमा बम भएको सूचनापछि जाँच गर्दा त्यस्तो बस्तु नभेटिएको सुरक्षा निकायले जनाएको छ ।

    कल सेन्टरमा बम भएको सूचना आएपछि विमानमा रहेका सयभन्दा बढी यात्रुलाई सामानसहित उतारेर जाँच गरिएको थियो । विमानमा बम भएको हल्ला पछि हंगामा भएको थियो । यात्रुहरु भागाभाग गरेर विमानबाट उत्रेका थिए । बम भएको भनिएको विमानलाई जाँच गर्दा संदिग्ध बस्तु फेला नपरेको भारतीय संचारमाध्यमले जनाएका छन् । 

    शुक्रबार बिहान ८ बजे बम भएको सूचना आएपछि विमानलाई छेउमा लगेर जाँच गरिएको थियो । विमानमा संदिग्ध बस्तु फेला नपरे पनि सुरक्षा निकायले अनुमति नदिँदा सम्म विमानको उडान तालिका भने तय नहुने जनाइएको छ । सुरक्षा निकायबाट अन्तिम अनुमति पाएपछि उक्त विमान पूणेका लागि उड्ने बताइएको छ ।

    दिल्लीबाट उड्न लागेको विमानमा बम भएको खबरपछि यात्रु उतारेर जाँच गरिँदै  दिल्लीबाट उड्न लागेको विमानमा बम भएको खबरपछि यात्रु उतारेर जाँच गरिँदै 

  • सम्बन्धित विषय:

  • # बम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij