Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा

  • 159
    SHARES
  • प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् ।

    आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए ।

    महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताए । उनले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका छन् ।

    उनले भने, ‘मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु । ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।’

    उनले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढंगले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिए ।

    उनले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए ।

    ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताएका थिए ।

    उनीहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij