Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ 

मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ 

  • 1.2K
    SHARES
  • मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ 

    सर्लाही । भारतबाट अबैध रुपमा भित्र्याउँदै गरेको लागूऔषधसहित एक जनालाई संग्रापुर विओपीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

    सर्लाहीको पर्सा गाउापालिका–३ नारायणपुर सीमा क्षेत्रमा जाँच गर्दा प्रदेश नम्बर २–०३–०२२ प४२८ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याउँदै गरेको नाइट्रेजेपाम तीन सय ट्याव्लेट, स्पास्मो प्रेक्सिभेन एक सय ४४ ट्यावलेट, सय एमएलको अनेरेक्स ३९ वोतल र गाँजा एक सय ५४ ग्राम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

    भारतको सर्होवा नाकाबाट आउँदै गरेको अवस्थामा उक्त लागूऔषधसहित ईश्वरपुर नगरपालिका–१५ सोकनाहा बस्ने २५ वर्षीय विजय राउतलाई पक्राउ गरि थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मलगंवा पठाएको संग्रामपुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij