Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

अध्ययन भन्छ-कम खर्चमा गरिएको विवाह टिकाउ

अध्ययन भन्छ-कम खर्चमा गरिएको विवाह टिकाउ

  • 349
    SHARES
  • अध्ययन भन्छ-कम खर्चमा गरिएको विवाह टिकाउ

    वासिङ्टन । पहिले विवाह प्रायः घर वा मन्दिरमा मात्र हुने गर्दथे । नेपालमा विवाहको जग्गे बनाएर आँगन पोल्ने भन्ने चलन नै थियो । विवाहको सबै व्यवस्था आफन्त र छिमेकीले गर्ने गर्थे ।

    कम खर्चमा विवाह टुंग्याउने परम्परा थियो । विवाहको भोजका सामग्री पनि प्राय आफ्नै उत्पादनबाट हुने गर्थ्यो । तर अब यो चलन पूरै परिवर्तन भएको छ । आजभोलिको विवाह पार्टी प्यालेसमा हुन थालेको छ । खर्च पनि निकै बढी हुन थालेको छ । विवाहको सबै व्यवस्था पार्टी प्यालेसले गर्छन । तर यो सुविधाको लागि पैसा भने पानी सरह बगाउनु पर्छ । विवाह आयोजना गरिदिने पार्टी प्यालेसले यस वापत राम्रो आम्दानी गरिरहेका छन् । 

    जीवनमा सामान्यतया एक पटकमात्र गरिने विवाह भव्य होस भन्ने चाहना परिवारमा हुनु स्वभाविक हो । तर यही बहानामा पानी जसरी पैसा बगाउनु पनि उचित हुँदैन । देखासिकीमा ऋण लिएर पनि खर्च गर्ने परिपाटी देखिन थालेको छ । जुन एकदमै गलत हो । 

    विवाहमा अन्धाधुन्ध गरिएको खर्चले कसैलाई फाइदा गर्दैन । देखाउने परिपाटीले आर्थिक समस्या त निम्त्याउँछ नै धेरै खर्च गरेको विवाह दाम्पत्य जीवनका लागि पनि लाभकारी नभएको अमेरिकामा गरिएको एउटा अध्ययनबाट देखिएको छ । 

    विवाहमा गरिने खर्च सम्बन्धमा अर्थशास्त्रका प्रोफेसर एन्ड्रयुफ्रान्सिस–ट्यानरह्युगोएममियालोनलेअमेरिकाका तीन हजारभन्दा बढी जोडीमाथि गरिएको अध्ययनले बढी खर्च गरेको विवाहको परिणाम राम्रो देखाएको छैन । 

    यो अध्ययनले दिएको निष्कर्ष कम खर्चमा विवाह गर्न सुझाएको छ । कम खर्चमा विवाह गरेको जोडी बढी खुसी देखिएका छन् । अमेरिकामा एक हजार डलर भित्र खर्च गरेर विवाह गर्ने जोडी बढी खुसी देखिएका पाइयो । २० हजारभन्दा बढी खर्च गर्ने जोडीको सम्बन्ध लामो नटिकेको अध्ययनले देखाएको छ । 
    के मा खर्च गर्ने ?

    विवाहपछि हनिमुनमा खर्च गर्दा जोडीको सम्बन्ध थप मजबुत भएको अध्ययनको दावी छ । विवाहमा खर्च गर्नुभन्दा विवाहपछि जोडीले बिदा मनाएर हनिमुनमा जाँदा खर्च गर्नु उचित हुने अध्ययनको ठहर छ । हनिमुन मनाउने जोडीको सम्बन्ध बढी टिकेको अध्ययनले बताएको छ । विवाह लगत्तै जोडीले बिदा मनाउन पाएको हनिमुन अवधिले सम्बन्धलाई बलियो बनाएको देखिएको छ । (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # विवाह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij