Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

धान बालीमा सेतो पुतलीको समस्या बढेपछि किसान चिन्तित

धान बालीमा सेतो पुतलीको समस्या बढेपछि किसान चिन्तित

  • 177
    SHARES
  • धान बालीमा सेतो पुतलीको समस्या बढेपछि किसान चिन्तित

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धान बालीमा पुतली (झिँगा)को समस्या बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन ।

    कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण प्रमुख कुमालले बताए ।

    ‘वडा नं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको समस्या दैनिकरुपमा बढिरहेको छ’, प्रमुख कुमालले भने, ‘सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति  भएको पाएका छौँ ।’

    धान बालीमा सेतो पुतलीको समस्या देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले जानकारी दिए ।

    सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

    ‘जिल्लाका आठवटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको समस्या फैलिँदो रहेको पाएका छौँ’, केन्द्रका प्रमुख लामिछानेले भने । जिल्लामा अहिले सुरुवाती चरणमा रहेपनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछाको भनाइ छ ।

    यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो समस्याले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो ।

    ‘यी पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्दछन्प्र’, मुख लामिछानेले भने ‘यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रङ्का फुल पार्छ। यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ ।’

    नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको समस्या देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्‍याउन थालेको छ । यो कीरा वयस्क हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ ।

    सङ्क्रमित बिरुवा चलाउँदा सेता स-साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरस जन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौंको संख्यामा यसको सङ्क्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij