वेबटिभी खबर
हेटौंडा । समाजवादी मोर्चाको बाग्मती प्रदेश स्तरीय सन्देश सभा आज हेटौँडामा गर्ने भएको छ ।
सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार आज बाग्मती प्रदेशको हेटौंडामा सभा हुन लागेको हो ।
आजको भेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij