Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

  • 578
    SHARES
  • सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

    फाइल तस्बिर

    भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

    अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

    पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरूद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij