Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दलितलाई कोठा नदिने घरबेटीलाई शिक्षामन्त्रीले छुटाए

दलितलाई कोठा नदिने घरबेटीलाई शिक्षामन्त्रीले छुटाए

  • 3.4K
    SHARES
  • दलितलाई कोठा नदिने घरबेटीलाई शिक्षामन्त्रीले छुटाए

    काठमाडौं । जातको कारण देखाउँदै रुपा सुनारलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् । आइतबार बबरमहलबाट पक्राउ परेकी प्रधान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थिइन् । 

    images

    जातका कारण सञ्चारकर्मी सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा प्रधान पक्राउ परेकी थिइन् । उनलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहानै प्रहरी कार्यालय पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो ।

    प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानका आफन्त तथा नातागोताका व्यक्तिले प्रधानलाई सुनारले फसाउन बिनाकारण  प्रहरीमा उजुरी दिएको भन्दै चर्काचर्की गरेका छन् ।  प्रहरी कार्यालयमा उपस्थितहरुले ‘रुपा सुनार मुर्दावाद !’ भन्दै नारासमेत लगाएका छन् । मन्त्री श्रेष्ठले प्रधानलाई छुटाएको र मन्त्रीको सरकारी गाडीमा हालेर बाहिर ल्याए पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology