वेबटिभी खबर
काडमाडौं । बिहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा नेप्से परिसूचक ०.८१ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबारका दिन उक्त अवधिमा नेप्से परिसूचक २ हजार ८ सय ३६.८७ विन्दुमा आएको हो । उक्त अवधिमा सम्ममा २ सय १० वटा कम्पनीको १ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
कारोबारमा आएका २ सय १० वटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २.६५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६ सय ९६ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको रू १४ करोड ५० लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij