Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

  • 1.2K
    SHARES
  • स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

    काठमाडौं । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

    कोभिड-१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । 

    क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण सुरू गरेको थियो । 

    लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij