Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

विवेकशील साझाले माग्यो शिक्षामन्त्रीको राजीनामा

विवेकशील साझाले माग्यो शिक्षामन्त्रीको राजीनामा

  • 1.5K
    SHARES
  • विवेकशील साझाले माग्यो शिक्षामन्त्रीको राजीनामा

    काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।  ‘तल्लो जात’ भएको कारण देखाउँदै घरको कोठा भाडामा लगाउन इन्कार गरेपछि पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले छुटाएकोमा विवेकशील साझा पार्टीले आपत्ति जनाएको हो ।

    images

    प्रवक्ता शरदराज पाठकद्वारा बिहीबार विज्ञप्ति जारी गर्दै जातीय विभेदलाई प्रश्रय र पीडकलाई उन्मुक्ति दिने मन्त्री श्रेष्ठले पदमा बस्ने नैतिकता गुमाएको विवेकशील साझा पार्टीले दाबी गरेको छ ।

    india.webp

    ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन,‘विज्ञप्तिमा उल्लेख छ, ‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन् ।’

    काठमाडौंमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानविन अघि बढाउन विवेकशील साझा पार्टीले सरकारसमक्ष माग गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology