Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकामा भवन भत्किँदा ९९ जना बेपत्ता 

अमेरिकामा भवन भत्किँदा ९९ जना बेपत्ता 

  • 657
    SHARES
  • अमेरिकामा भवन भत्किँदा ९९ जना बेपत्ता 

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहरनजिकै १२ तलाको भवन भत्किँदा ९९ जना मानिसहरु बेपत्ता भएका छन् । अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ ।

    धेरै जना मानिसहरु भवनको भग्नावशेषभित्र पुरिएको आशंका गरिएको छ । बेपत्ता भएकामध्ये धेरै दक्षिण अमेरिकी आप्रवासी रहेको बिबिसीले जनाएको छ ।

    ४० वर्ष पुरानो भवन बिहीबार के कारणले भत्किएको भनेर पत्ता लागेको छैन । सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० फ्ल्याटमध्ये आधामा असर परेको छ । फ्लोरिडाका गर्भनर रन डिसेन्टिसले भवन भत्किएको स्थिति देख्दा निकै दुखद समाचारका लागि तयार हुनुपर्ने बताएका छन् ।

    अहिलेसम्म १ सय २ जनाको अवस्था पत्ता लागे पनि भवनमा कति जना थिए भनेर स्पष्ट भएको छैन । भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो । उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेका छन् । 

    america.jpg

     

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij