Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तान विष्फोट : ५२ जनाको मृत्यु, ५४ घाइते

पाकिस्तान विष्फोट : ५२ जनाको मृत्यु, ५४ घाइते

  • 269
    SHARES
  • पाकिस्तान विष्फोट : ५२ जनाको मृत्यु, ५४ घाइते

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी ज्यान गुमाउनको संख्या ५२ पुगेको छ भने ५४  जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

    इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरूको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटमा एकजना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

    बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

    पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको  बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ ।

    मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताएका छन् ।

    क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij