Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

  • 164
    SHARES
  • राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः३० बजेका लागि बोलाइएको हो ।संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९-८९को वार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।

    रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समिति गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपांगता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।

    साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधानय सबन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस ’ भन्ने प्रस्ताव प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij