Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पचली भैरवको लिंगाे उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

पचली भैरवको लिंगाे उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

  • 140
    SHARES
  • पचली भैरवको लिंगाे उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

    काठमाडौं । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगाे ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ ।

    जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिए ।

    आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिंगाे ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । लिंगो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उनले बताए ।

    विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए ।

    जात्राका लागि लिंगोको रुख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर आज रातिसम्म लिंगो टेकु पुर्याइने भएको छ ।

    आश्विन शुक्ल चौँथीका दिन लिंगो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ ।

    यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ । अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ ।

    उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ ।

    गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनःस्थापना गर्न लागिएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # भैरव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij