Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन

भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन

  • 326
    SHARES
  • भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन

    एजेन्सी । भारत र श्रीलंकाले ४० वर्षपछि डुंगा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् । भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलंकाको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो ।

    भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको संकेतस्वरूप डुंगालाई हरियो झण्डा देखाएर डुंगामा आएका यात्रीलाई स्वागत गरेका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिएका थिए ।

    उनले भारतको रामेश्वरम र श्रीलंकाको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे । सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुंगाको क्षमता १५० यात्रु रहेको छ ।

    नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर) को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् ।

    पचास यात्रु लिएर श्रीलंकाका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलंकाबाट यात्रु लिएर भारत फर्कने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij