वेबटिभी खबर
काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार तेस्रो घण्टामा नेप्से परिसुचक १.०८ प्रतिशतले वृद्धि भएको छ । आइतबार २ हजार ८ सय ५६.०५ बिन्दुबाट सुरु भएको बजार कारोबारको तेस्रो घण्टामा ३०.६३ अंकले बढेर २ हजार ८ सय ७३.६४ बिन्दुमा पुगेको हो ।
यस अवधिमा २ सय २३ वटा कम्पनीको ५ अर्ब २३ करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यस अवधिमा सेन्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य क्रमशः ९.९६ र ९.९३ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो घण्टामा सेन्चुरी कमर्सियल बैंकको शेयर मूल्य २७ अंकले बढेर प्रतिकित्ता २ सय ९८ रुपैयाँ पुगेको छ भने अपर तामाकोशीको शेयर मूल्य ७४ अंकले बढेर प्रतिकित्ता ८ सय १८ रुपैयाँ पुगेको छ । यस अवधिसम्म सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ
तेस्रो घण्टामा कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत् समूको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले बढेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij