वेबटिभी खबर
काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज भएको खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पाँचौँ विकेट गुमाएको छ । १५.४ ओभरमा १२७ रन बनाउँदा यूएईले पाँचौँ विकेट गुमाएको हो ।
१५.४ ओभरमा सोमपाल कामीले बलिङ गरेका थिए । त्यसमा रन लिन खोज्दा यूएईका भृत्य अरविन्द रनआउट भएका हुन् । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट फिल्डिङ गर्दै डाइरेक्ट हिट गर्दा अरविन्द आउट भएका हुन् । यसअघि अविनाश बोहरा र कुशल मल्लले एक/एक विकेट लिएका छन् भने गुल्सन झाले २ विकेट लिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij