वेबटिभी खबर
नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा भन्दा बढी जनसंख्यामा लगाइएको दाबी गरेको छ ।
मन्त्रालयले एक ट्विट गर्दै अमेरिकामा ३२ करोड २२ लाख डोज खोप दिइएको र भरातमा अहिलेसम्म ३२ करोड ३६ लाख डोज खोप लगाइसकेको डेटा सार्वजनिक गरेको हो । तर व्यक्तिगत रुपमा खोप लगाउन अमेरिकाभन्दा भारत धेरै पछि छ ।
अमेरिकामा अहिलेसम्म १५ करोड २ लाखभन्दा धेरै मानिसलाई दुवै डोज खोप लगाइएको छ भने भारतमा अहिलेसम्म जम्मा ५ करोड ४ लाख मानिसले दुवै मात्रा खोप लगाएका छन् । भारतमा २१ जुनदेखि नयाँ खोप नियम लागू गर्दै निशुल्क खोप लगाउने गति बढाइएको छ ।
दैनिक औसत ६६ लाख मानिसलाई खोप लगाउने क्रम एक सातादेखि जारी छ । भारतले अक्टुबरसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । तर यही अवस्थामा त्यहाँका महाराष्ट्र, पश्चिम बंगाल राज्यहरुमा नक्कली खोपको बिगबिगी रहेको खुलेको छ ।
मुम्बई, कोलकाता सहरहरुमा दर्जनौं शिविर स्थापना गरी नक्कली खोपको धन्दा चलाउने चिकित्सकसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती निजी शिविरले ३ हजारभन्दा बढी व्यक्तिलाई एन्टिबायोटिक औषधिमा कोभिसिल्ड खोपको स्टिकर टाँसेर लगाएको मुम्बई प्रहरीले जनाएको छ ।
भारतमा सयाैं व्यक्तिलाई ‘नक्कली खोप’ लगाइयो, डाक्टरसहित १० पक्राउ
भारतमा संक्रमण घट्ने क्रम निरन्तर जारी
ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij