एजेन्सी । समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् ।
उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ । ‘सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक र २६ रक्षा फौजसहित ३० जनाको मृत्यु भएको थियो ।’ बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।
जमिनमा स्रोतहरूको विशाल नेटवर्क भएको राका, होम्स र डेर एजोरका बीच भागहरूमा आक्रमण भएको अब्जर्भेटरीले उल्लेख गरेको छ ।
अब्जर्भेटरी प्रमुख रामी अब्देल रहमानले घाइतेहरूको अस्पष्ट संख्यालाई उद्धृत गर्दै मर्नेहरूको संख्या बढ्नसक्ने बताए ।
उनका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । आइएसले सन् २०१४ जुनमा सिरिया र इराकका ठूलो भूभागमा ‘क्यालिफेट’ (मोहम्मदको मृत्युदेखि १३औँ शताब्दीसम्म इस्लाम उत्थानको युग)को घोषणा गर्दै आतंकको शासन सुरु गर्यो ।
यो सन् २०१९ मा सिरियामा क्षेत्रीयरूपमा पराजित भएको थियो तर यसका अवशेषहरूले विशेषगरेर मरुभूमिका गुप्त स्थानबाट घातक ‘आक्रमण गर र भाग’ नीति प्रयोग गर्दै आएका छन् ।
राष्ट्रपति बशर अल–असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र समर्थक विरोध प्रदर्शनलाई दबाएपछि सिरियामा युद्ध सुरु भएको छ । युद्ध सुरु भएपछि यसमा विदेशी शक्ति र वैश्विक जिहादीहरूलाई समावेश गरिएको छ ।
युद्धमा पाँच लाखभन्दा धेरै मानिस मारिएका छन् र सिरियाको युद्धपूर्वको आधा जनसंख्या आफ्नो घरबाट विस्थापित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology