Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिन्छ : मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिन्छ : मन्त्री बस्नेत

  • 78
    SHARES
  • चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिन्छ : मन्त्री बस्नेत
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन ।
     
    काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने  बताए ।
     
    वर्षौँ देखि रोकिएको काम अब सुरु गर्छौं’, मन्त्री बस्नेतले भने, ‘पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।’ एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले जानकारी दिए ।
     
    वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो । ‘हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ’, मन्त्री बस्नेतले भने । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए ।
     
    कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए ।
     
    जोगिटारस्थित स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उनले मन्त्री बस्नेतसित आग्रह गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology