Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षामन्त्रीलाई प्रधानमन्त्रीले थर्काए- तपाईंले ठीक गर्नु भएन

शिक्षामन्त्रीलाई प्रधानमन्त्रीले थर्काए- तपाईंले ठीक गर्नु भएन

  • 1.2K
    SHARES
  • शिक्षामन्त्रीलाई प्रधानमन्त्रीले थर्काए- तपाईंले ठीक गर्नु भएन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताए ।

    lilanath1.jpg

    लीलानाथ श्रेष्ठ

    ‘प्रधानमन्त्रीज्यूले यसबाट आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ,’ कानुनमन्त्री श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईंले जे गर्नुभो, ठीक गर्नुभएन भन्नुभएको छ ।'

    कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उनले बताए । घरबेटी प्रधानलाई थुनामुक्त गर्न शिक्षा श्रेष्ठ बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । 

    maobadi 4.jpg

    कृष्णगोपाल श्रेष्ठ

    त्यसपछि मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छोडेपछि सरकारी पदको दुरुपयोग गरेको भन्दै मन्त्री श्रेष्ठको चौतर्फी आलोचना हुँदै आएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology