Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

  • 218
    SHARES
  • दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

    गोरखा । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढंगबाट योजना कार्यान्वयनमा समस्या भएको छ ।

    चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए ।

    कार्यालयमा ६ जना प्राविधिकतर्फको दरबन्दी रहेपनि आधा दरबन्दी खाली रहेको उनले बताए । ‘दुईजना इन्जिनियरको दरबन्दी रहेकामा दुईवटै खाली छ’, प्रमुख पौडेलले भने, ‘हाम्रा योजना कार्यान्व्यनको मुख्य अंग भने प्राविधिक नै हुन्, योजना कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा कार्यान्यनमा जटिलता भएको छ ।’

    दरबन्दीअनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्व्यन प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको छ । ‘दरबन्दीअनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ’, प्रमुख पौडेलले भने, ‘मन्त्रालयले पठाउँछ भन्नेमा ढुक्क छौँ ।’ योजना सुरु गरे पनि कार्यालयबाट आवश्यकतानुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

    ‘एउटै योजनाका लागि पाँच/सात पटक जानुपर्ने अवस्था पनि हुनसक्छ, तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई/तीन पटक मात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ’, प्रमुख पौडेलले भने । योजनाको संख्या हेर्दा भएको दरबन्दीले नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए ।

    ‘भएको दरबन्दीमात्र भए पनि काम गर्न सहज हुने थियो’, प्रमुख पौडेलले भने, ‘वर्षैपिच्छे योजना संख्या बढ्दै जाने प्राविधिकचाहिँ घट्दै जाने अवस्था छ ।’ प्राविधिकको अभावमा योजनाको गुणस्तर कायम गर्नसमेत कठिनाइ हुने उनले जनाए ।

    ‘सबै कुरा निगरानीको पनि कुरा हो’, प्रमुख पौडेलले भने, ‘प्राविधिकको निगरानी कम हुने अवस्था आयो भने योजनाको गुणस्तर कायम गर्न समस्या हुनसक्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij