Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका १९ जनाको रकम फिर्ता

वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका १९ जनाको रकम फिर्ता

  • 204
    SHARES
  • वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका १९ जनाको रकम फिर्ता

    तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी)को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् ।

    त्यसैगरी करार उल्लंघन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन् ।

    सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ पाँच लाख क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

    मृतकका परिवारलाई दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्’, परामर्शकर्ता तिवारीले भनिन्, ‘वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।’

    दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी एक लाखदेखि सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताइन् । ‘उक्त आवमा ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्’, परामर्शकर्ता तिवारीले भनिन्, ‘दुई जनाको मेडिकल फेल भएकाले ५० हजारका दरले एक लाख प्राप्त गरेका छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij