Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महामारीसम्बन्धी लापरवाहीका कारण उत्तर कोरिया संकटमा

महामारीसम्बन्धी लापरवाहीका कारण उत्तर कोरिया संकटमा

  • 892
    SHARES
  • महामारीसम्बन्धी लापरवाहीका कारण उत्तर कोरिया संकटमा

    प्योङयाङ । उत्तर कोरियाको सरकारी मिडिया रिपोर्टअनुसार नेता किम जोङ उनका शीर्ष अधिकारीले कोरोना भाइरसका कारण मुलुकमा संकट उत्पन्न भएको बताएका छन् ।

    कोरोनासँग सम्बन्धित समस्याले नागरिक र देश कसरी जाेखिममा पर्याे भनेर खुलाएका छैनन । यसले उत्तर कोरियामा महामारीको गम्भीर संकेत जनाउँछ । यसभन्दा अगाडि त्यहाँ कोरोना भाइरसको संक्रमण नभएको दाबी गरिँदै आएको थियो । 

    महामारीका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । यही कारण अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण देशमा खाद्यान्नको कमी र अर्थव्यवस्था बिग्रिएको छ । किम जोङ उनले यसभन्दा अगाडि देशमा खाद्यान्नको स्थिति गम्भीर भएकाले खराब समयका लागि तयार रहन नागरिकलाई आग्रह गरेका थिए । 

    उनले सन् १९९० को दशकमा भएको भोकमरीको संकटसँग अहिलेको अवस्था तुलना गरेका थिए । साथै यसै साता किमको शारीरिक वजन कम भएको भन्दै समाचारहरु प्रकाशित भएका थिए ।

    सरकारी समाचार एजेन्सी केसिएनएको रिपोर्टअनुसार किमले पार्टीका नेताहरुलाई एक विशेष बैठकमा शीर्ष अधिकारीमाथि लापरवाही गरेको आरोप लगाएका छन् । 

    उनले ‘देश एवं जनताको सुरक्षा सुनिश्चित गर्ने मामिलामा एउटा ठूलो संकट सिर्जना गरेकाले गम्भीर नतिजा देखिएको छ ।’ रिपोर्टअनुसार पार्टीका कतिपय सदस्यलाई फिर्ता बोलाइएको छ । तर यस रिपोर्टले घटनाबारे धेरै विवरण भने सार्वजनिक गरेको छैन ।

    उत्तर कोरियाबाट भागेका शोधकर्ता आहन चान इलले समाचार एजेन्सी एएफपीसँग मुलुकमा कोरोना पुष्टि भएको हुन सक्ने बताएका छन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको संकेत भएको पनि जनाए । दक्षिण कोरियाको राजधानी सियोलमा इभा विमेन्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक लिफ एरिक इस्लेले उक्त रिपोर्टले उत्तर कोरियाको बिग्रदो स्वास्थ्य प्रणालीलाई दर्शाएको बताए । 

    उनले यस घटनालाई आफ्नो फाइदाको रुपमा लिएको हुन सक्ने अनुमान पनि लगाइएको छ । यसैलाई आधार बनाएर प्रतिद्वन्द्वी अधिकारी हटाउने र विदेशी खोप सहयोग स्वीकार्ने राजनीतिक वातावरण तयार गरेको पनि हुन सक्ने आशंका गरिएको छ । 

    किम जोङ दुब्लाएपछि उत्तर कोरियाका नागरिक चिन्तित  किम जोङ दुब्लाएपछि उत्तर कोरियाका नागरिक चिन्तित  उत्तर कोरियामा दुई महिनालाई मात्र खाद्यान्न बाँकी उत्तर कोरियामा दुई महिनालाई मात्र खाद्यान्न बाँकी उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट  उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट  उत्तर कोरियामा जिन्स लगाउने, विदेशी फिल्म हेर्नेलाई कडा सजाय किन ?   उत्तर कोरियामा जिन्स लगाउने, विदेशी फिल्म हेर्नेलाई कडा सजाय किन ?  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij